यौन सम्पर्क प्राकृतिक प्रकृया हो । शारीरिक चाहाना पूरा गर्नका लागि यौन सम्पर्क गरिन्छ । तर मानिसहरु यौन सम्पर्कका विषयमा बोल्न र लेख्न हिच्किचाउँछन् । तपाई विवाहित हुनुहुन्छ ? आफ्नो जिवनसाथीसँग नियमित रुपमा यौन सम्पर्क गर्नुहुन्छ ? त्यसबारे यौन सम्पर्कबाट हुने फाईदा र बेफाईदाको बारेमा जानकारी राख्नु अनिवार्य हुन्छ ।
विभिन्न अध्ययन तथा अनुसन्धानले देखाए अनुसार यौन सम्पर्कबाट शारीरिक र मानसिक रुपमा मानिस तन्दुरुस्त रहने गरेको पाइन्छ ।
सुरक्षित यौन सम्पर्क गर्दा हुने ७ फाइदा :
सुमधुर सम्बन्ध :
यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढ्छ :
अध्ययनले भनेका छ , हप्तामा एक–दुईपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाई रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तौल घटाउन मद्धत :
यसले शरीरको तौल कम गर्ने पनि अध्ययनले देखाएको छ । अध्ययन भन्छन्, यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्धत पुग्छ ।
हृदयघातको सम्भावना कम :
तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसमा हृदयघातको संम्भावना कम देखिन्छ ।
प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम :
अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।
शरीर स्वस्थ र स्फूर्ति :
यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँछ । यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्ति हुन्छ ।
महिनावारी सम्बन्धि समस्या कम :
अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।








