सन्दीप बने टी-२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

९ वैशाख, काठमाण्डौ। लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उहाँले उक्त राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिनुभयो । उहाँले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिनुभएको छ ।

हाल जारी त्रिदेशीय सिरिजमा उहाँले चार खेलमा ११ विकेट लिइसक्नुभएको छ । नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिनुभएको हो । लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाउनुभएको छ ।

उहाँले २५ टी–२० खेलमा ४५ विकेट लिनुभएको छ । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उहाँले ३२ खेलमा ४१ विकेट लिनुभएको छ । टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेल्नुभएको हो । टी–२० अन्तरराष्ट्रिय खेलमा उहाँले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेल्नुभएको हो । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उहाँले डेब्यु गर्नुभएको हो । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुनुहुन्छ ।


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares