९ वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा भइरहेको जनाएकाे छ । बुधबार रातिदेखि भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
यस्तै आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।
यस्तै आज राती देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।









