Ad #144479

८ वैशाख, काठमाण्डौ। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् ।

सशस्त्र द्वन्द्वका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णिमा लामाले दिएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।