७ वैशाख, काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाण्डौवासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो ।
प्रशासनले काठमाण्डौमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ । विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनले अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । त्यस्तै अब बसमा चढ्दा मास्क अनिवार्य गरिएको छ ।















