कस्तो छ तपाईंको यो साता ? हेर्नुहोस् वैशाख ०५ गतेदेखि ११ गतेसम्मको साप्ताहिक राशिफल

वैशाख ०५ गते आइतबारदेखि ११ गते शनिबारसम्मको तपाईंकाे साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

आफन्त तथा कुटुम्वसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाव बढ्ने तथा महत्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पती हात लाग्ने योग रहेकोछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईंको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागि समय अन्यदिन भन्दा मध्यम रहेकोछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यवसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

सोमबारसम्मको समय मध्यम रहेकोले आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । मंगलबारबाट समय उत्तम रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

साताको सुरु र अन्तको समय उत्तम रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।विद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउंदै नतिजा आफैंतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यवसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडी बढ्ने समय रहेकोछ । बिहीबारबाट स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेकोछ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले धर्म,संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनीतिकर्मिहरुका लागी समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

साताको सुरु र अन्तको समय मध्यम रहेकोले भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मंगलबार र बुधबारको समय उत्तम रहेकोले पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

साताको सुरु र अन्तको समय उत्तम रहेकोले व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान नदिंदा स्वास्थ्यमा समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउंदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । बिहीबारबाट भौतिक सम्पती तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । घर परिवार तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैंतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले न्यायलयसँग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेकोछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

साताको सुरु र अन्तको समय मध्यम रहेकोले घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्बन्धि समस्या आउन सक्छ । मंगलबार र बुधबारको समय उत्तम रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको सात दिन शुभ रहोस् ।

[sidebar name="button post"]