Ad #144479

४ वैशाख, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएकाे छ। बैठकमा प्रधानमन्त्रीसहित एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, राजन भट्टराई सहभागी छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, बालकृष्ण खाँण सहभागी छन्।जसपा अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्णसहित सर्बेन्द्रनाथ शुक्ला सहभागी छन्। मजदुर किसान पार्टीका प्रेम सुवाल, जनमोर्चाका हिमालाल पुरि र राप्रपाबाट प्रकाशचन्द्र लोहनी सहभागी रहेका छन्।

तर नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा सहभागी छैन। बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले नेता नेपाल सहभागी नभएका हुन्।

प्रचण्डलाई सर्वदलीय बैठकको निम्तो नै नआएको दाहाल सचिवालय श्रोतले जनाएको छ। यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएका छैनन्।

पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।