आज सुन तोलामा चार सय रुपैयाँले घट्यो

२९ चैत्र, काठमाण्डौ। नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्थानिय बजारमा आज सुन तोलाको ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदी पाँच रुपैयाँ सस्तिएको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा एक हजार २ सय ८० रुपैयाँ कायम भएको थियो । आइतबार एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]