कुम्भ राशि हुनेहरुको लागि वि सं २०७८ सालको भाग्य कस्तो छ ? हेर्नुहोस् बार्षिक राशिफल

( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

२०७८ साल कुम्भ राशि भएका व्याक्तिहरूका लागि यो वर्ष सामान्य रहनेछ । रोकिएका वैदेशिक क्षेत्रका कमहरू सहजै अघि बढ्नेछ । झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक। जन्म कुण्डलीमा शनिग्रह राम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् ।

व्यवसायबाट लाभ नै मिल्नेछ । प्राविधिक, फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । शनिको कृपाले निर्माण, धातु, मेसेनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ ।

नयाँ रोजगार पाईने र ठाउँ परिवर्तनको योग रहेको छ । वादविवादमा नपरेकै जति हुनेछ, अपजस खेप्नु पर्ला । आफ्नो पेसाबाट राम्रो फाईदा मिल्नेछ । अध्ययन र अध्यापनमा रूचि बढ्नेछ । वीवेक र बुद्धिको विकाश हुँदै जानेछ ।पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिनसक्छन्।

मानसिक चिन्ता र समस्या बढ्न सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ ।

२०७८ साल कुम्भ राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभ रङ्ग कालो, पर्पल, खैरो र गुलाबी शुभ रङ्ग हो भने १, ३, ६, ७ र ९ शुभ अङ्क हो ।

गणेशजी र शनिवार र हनुमानजीको दर्शन तथा पूजा गर्ने, शनि ग्रहको शान्ति, जप, पाठ र पूजा गराउने

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।

[sidebar name="button post"]