( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
२०७८ साल मीन राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभदायी नै रहनेछ, वैदेशिक कार्य राम्रो हुनेछ। अकस्मात सफलता मिल्ने र भाग्यमा बृद्धि हुनेछ ।
बृहस्पति र केतुको कारणले गरेको कार्यमा ढिलासुस्ती हुने र बुद्धि पनि कमजोर रहने। विशेषगरि कला, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । वैदेशिक विद्यार्थीहरूलेभने अलि बढी मिहनेत र संघर्ष गर्नु पर्ला ।
वर्षको पूर्वार्धमा प्रेम प्रसँगमा नपरेकै राम्रो हुनेछ । आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव बढ्नसक्छ । आर्थिक पक्ष सबल नै रहने देखिन्छ । उधारो र पूरानो ऋण तिर्न सकिनेछ ।प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाईने। वैशाख र असोज महिनामा हानी हुनेछ भने जेठ, भाद्र र माघ महिनामा अधिक लाभ मिल्नेछ ।
२०७८ साल मीन राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभ रङ्ग पहेँलो, निलो, खौरो, कालो र गुलाबी शुभ रङ्ग हो भने १, ३, ५, ७ र ९ शुभ अङ्क हो ।
स्वस्थप्रति सजक रहनु होला । छाला तथा प्रजनन समस्या हल हुनेछ । वैदेशिक रोजगारमा जानेहरू लाई भने त्यति राम्रो हुनेछैन ।नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ भने नयाँ कार्य । कलाकारिता र प्राविधिक पेसामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ ।
भगवान श्रीकृष्ण र लक्ष्मीजीको पूजा, आरधना, पाठ गरनाले राम्रो हुनेछ । केतु र वृहस्पतिको शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कम हुनेछ ।
बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्
राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।








