धनु राशि हुनेहरुको लागि वि सं २०७८ सालको भाग्य कस्तो छ ? हेर्नुहोस् बार्षिक राशिफल

( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

२०७८ साल धनु राशि भएका व्याक्तिहरूका लागि यो वर्ष मिश्रित फल मिल्नेछ । सुख सुबिधामा बढोत्तरी हुने र न्यायीक कार्यमा सफलता मिल्नेछ।

झुटा आरोप प्रत्यारोप, सम्पत्तीमा बिवाद, चोटपटकको भय, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन ।आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ। प्रेमी प्रेमीकाले सहनशीलता हुन आवस्यक रहेको छ ।

नयाँ रोजगार पाईने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । सानो हेल चेकराईंका कारणले ठुलो नोक्सानी बेहर्नु पर्ला र स्वस्थ उपचारमा धन खर्च हुन सक्छ ।

२०७८ साल धनु राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभ रङ्ग पहेँलो, कालो, रातो र गुलाबी शुभ रङ्ग हो भने १, ४, ५, ७ र ९ शुभ अङ्क हो ।ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ ।आफ्नो कामको सिलसिलामा घर परिवरबाट टाढा हुनु पर्नेछ ।

२०७८ साल धनु राशि भएका व्याक्तिहरूका लागि यो वर्ष व्यापार व्यवसायमा चिन्ता संगै लाभ नै मिल्नेछ, । शेयरबजारको लगानी निकै राम्रो रहन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज , कार्तिक र फाल्गुन माहिना बढी राम्रो रहनेछ । यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रो अङ्क हाँसिल गर्न सक्छन् ।

शुक्रवार लक्ष्मीजीको दर्शन / पूजा गरे चाँडै सफलता पाईनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।

[sidebar name="button post"]