( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
२०७८ साल वृश्चिक राशि भएका व्याक्तिहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । शनिग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ।
दाम्पत्य जीवन माध्यम नै रहनेछ । टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । यो वर्ष अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि संघर्ष गर्नु पर्ला ।
व्यापारीक दृष्टिले यो वर्ष सोचे अनुसार राम्रै रहनेछ ।नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ मनमा चिन्ता बढे पनि मान सम्मान पाईनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । तरल पदार्थ र खाद्यान्नको कारोवारमा मन्दि आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना लाभदायक रहनेछ ।
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला अएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । आफन्त र घरपरिवारका लागि स्वाथ्य उपचारमा खर्च पनि बढ्नेछ ।
आँखा र टाउकोको समस्या बढ्न सक्छ। पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला ।
२०७८ साल वृश्चिक राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभ रङ्ग रातो, गुलाबी, निलो र पहेँलो शुभ रङ्ग हो भने १, ५, ७ र ९ शुभ अङ्क हो ।
विष्णु भगवानको दर्शन, पूजा र आरधना गर्नाले राम्रो हुन्छ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।
बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्
राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।








