बिहिबारका दिन यस्ता काम झुक्किएर पनि नगर्नुहोस्, अशुभ हुनेछ

कुनै नयाँ कार्य गर्दा हामीले एकपटक सोचबिचार गरेरै गर्नु राम्रो हुन्छ । जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ । त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामीलाई थाहाँ हुनु जरुरी छ । बेलैमा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ ।

बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने गर्छ । बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृपा हुने व्यक्तिलाई कहिले पनि पैसाको कमि हुँदैन। हरेक बिहिबार स्नान गरी घीउको दीप बालेर भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ ।

यस दिन साँझ केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। यस दिन दिएको पैसा फिर्ता आउदैन ।

बिहिबार यी कार्य गरेमा अशुभ फल प्राप्त :

रौं काट्नु हुँदैन:
बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

कपाल नुहाउनु हुँदैन :
शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

दारी काट्ने वा नङ काट्ने गर्नु हुदैन :
बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो झन् घटुवा हुने समेत सम्भावना शास्त्रमा उल्लेख छ ।

भारी कपडा धुने र फोहोर हटाउने काम नगर्नु नै उत्तम :
बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल गर्ने, नङ काट्ने काम कहिल्यै पनि नगर्नुस् । त्यस्तै घरको सरसफाई, माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ । बिहिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहिबारको दिन ठूला-ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।

[sidebar name="button post"]