सपन श्रेष्ठको ‘हाम्रो माया ट्रेन्डिङ नं १’ मा पल शाह र दुर्गेश

२४ चैत्र, काठमाण्डौ। नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जसको ‘तिमी यसै लजायो’, ‘बोलायो बोलायो पोखरेली मायाले’ र ‘लै बरी लै’ जस्ता दर्जनौ हिट गीत दिईसकेका श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन ।

गायिका स्मिता दाहाल र सपन श्रेष्ठको ‘हाम्रो माया ट्रेन्डिङ नं १’ मा मुनाल शिशिर कोईरालाको शब्द र दीपक शर्माको संगीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहलाई फिचर्ड गरिएको छ ।

पछिल्लो समय पल शाह र दुर्गेश थापाको म्युजिक भिडियो जोडी नि निकै फापेको छ । यस गीतमा पनि गायक सपन श्रेष्ठले दुईलाई फिचर्ड गराएर यस भिडियोबाट राम्रै आशा राखेका छन ।

गीतमा नव प्रस्तुतिको रुपमा फिमेल मोडल सासङ्ग एमटिलाई फिचर्ड गरिएको छ । यस गीतमा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ। गीतमा अहिले चलेको युट्युब ट्रेन्डिङलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी , शिलन लम्सालको सम्पादन तथा कलर , सुरेन बस्सेलको कोरियोग्राफी रहेको छ । कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोईरालाको रहेको यस गीतको भिडियोलाई डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

[sidebar name="button post"]