२३ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ।
सोमबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।
त्यस्तै काठमाण्डौ उपत्यकामा थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाण्डौका ९८, ललितपुरका २६ तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।
[sidebar name="button post"]











