जीवन बि.क.
२३ चैत्र, दैलेख। नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज नौमुले बजारमा जनसभा कार्यक्रम सम्पन गरेकाे छ।
जनसभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दैलेखका जिल्ला ईन्चार्ज दिपेन्द्रले जनताकाे मुक्ति,देशकाे स्वाधिनता र वैज्ञानिक समाजबादी व्यवस्थाका लागि पार्टी शान्तिपूर्ण संघर्ष गर्न तयार रहेकाे कुरा उल्लेख गर्नु भयाे।
नेपाल सरकार र पार्टीबिच भएकाे ३ बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने कुरामा जाेड गर्नु भयाे। कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य प्रकाश, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन अतिथि रहेकाे कार्यक्रमकाे अध्यक्षता ग्रहण कमरेड सन्दीपले गर्नु भएको थियो। त्यस्तै सञ्चालन कमरेड क्रान्तिले र स्वागत भाषण कमरेड उशाले गर्नु भएकाे थियाे।
कार्यक्रममा ज्वाला सहिद साँस्कृतिक परिवारले जनबादी गीत तथा नृत्य प्रस्तुत गरेकाे थियाे।











