चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाइने, खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी

सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ।

खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई यो खोप लगाइने छ।

[sidebar name="button post"]