जया मल्टिपल कलेजको विद्यार्थीको संस्था जे.एम.सी. क्लबद्वारा जे.पी. प्रतिष्ठानलाई आर्थिक सहयोग

रमिता दंगाल

२२ चैत्र, काठमाण्डौ। जया मल्टिपल कलेजमा रहेको जे.एम.सी. क्लबले जहरसिंह पौवास्थित जे. पी. प्रतिष्ठान (मैत्री सेवा आश्रम) लाई आर्थिक सहयोग गरेको छ। जे एम सी क्लब जया मल्टिपल कलेजमा पढ्ने विद्यार्थीहरुको क्लब हो।

क्लबका अध्यक्ष उज्ज्वल ढुंगानाको नेतृत्वमा गएको जे.एम.सी. क्लबले फाउन्डेसनका मेनेजर मंडलेश्वर गिरीलाई हिजो एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको हो।

जया मल्टिपल कलेजले पाँच हजार र जे.एम.सी. क्लबले पाँच हजार पाँच नगद गरी दश हजार पाँच र केहि खाद्यान्न प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो।

हरेक बर्ष जे.एम.सी. क्लबले सामाजिक कार्य गर्दै आएको कुनै एक सामाजिक संस्थालई सहयोग गर्दै आएको छ। कार्यक्रममा जे एम सी क्लबका ५० जना सदस्य सहभागी भएका थिए।

कार्यक्रममा क्लबका अध्यक्ष उज्जवल ढुंगानाले फाउन्डेसनका मेनेजर मंडलेश्वर गिरीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।

[sidebar name="button post"]