२० चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६४० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ।
हाल देशभर १ हजार ६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्। गएको २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ।
[sidebar name="button post"]











