१९ चैत्र, काठमाण्डौ। नेकपा एमालेका नेताद्वय घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरिएको छ ।
नेकाप एमालेले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय भुषाल र पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिना पार्टी सदस्याबाट निलम्वनको कारबाही गरेका हुन । पार्टी बरिष्ट नेता माधब कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई निलम्बनको निर्णय गर्दा भुषाल र पाण्डेलाई कारवाहि गरिएको थिएन ।
उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले प्रतिप्रश्न सहित दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै उनलाइ कारवाही गरिएको पार्टी अध्यक्ष ओलीले जनाएका छन् ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने र नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।












