महोत्तरीका सम्पर्कविहीन ६ बालिकासहित १ किशोरी भारतको सीतामढीमा भेटिए

१८ चैत्र, जनकपुरधाम। हिजोदेखि सम्पर्कविहीन भएका महोत्तरीका नगरपालिका–८, धरमपुरका ६ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला परेका छन् । उनिहरुलाई अभिभावको जिम्मा लगाउन सितामाणीबाट जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ ।

उनिहरुको खोजी गर्ने क्रममा बिहान भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले बताइन् । भारतीय प्रहरीले सोधपुक्ष गर्दा उनिहरुले गायिका बन्न आएको अनौठो जवाफ दिएका छन् । घाँस काटन गएका बालिका हिजोदेखि सम्पर्क विहिन भएकोमा रातिबाटै उनिहरुको खोजिकार्य भएको शुरु भएको थियो ।

हिजो दिउँसो घाँस काट्न भनि गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हिजो देखि हराएका थिए ।

[sidebar name="button post"]