१८ चैत्र, काठमाण्डौ। एक सातापछि आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद भवन नयाँवानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम रहेको छ । सदनलाई विजनेश नदिएर अधिवेशन अन्त्यको तयारीमा सरकार रहेको छ । यहीबीच सदन अन्त्य नहुँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
अदालतको फैसला पछि पटक-पटक बसेको प्रतिनिधिसभाका बैठक उपलब्धी विहिन जस्तै बनेका छन् । संसदको कार्य परामर्श समितिमा समेत संसद बैठकको कार्य सूचीका सम्वन्धमा सहमती बन्न सकेको छैन । दुई दिन अघिमात्र सभामुख अग्नी प्रसाद सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेट वार्तामा प्रधानमन्त्री ओलीले बैशाखमा बजेट अधिवेशन आब्हान गर्नुपर्ने भएकाले चालु अधिवेशन चाडै अन्त्नय गर्नुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले सभामुखलाई अधिवेशन अन्त्य गर्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद बैठक अधिवशन अन्तय गर्नुअघि नै समर्थन फिर्ता लिने वा संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा जुटेका छन् ।
त्यसैका लागि उनले हिजो मात्र नेपाली कांग्रसका सभापति शेर वहादुर देउवालाई भेटेका थिए। आजको संसद बैठक सुरु हुनुपूर्व नै जनता समाजबादीका नेताहरुसँग निर्णायक छलफल गर्ने तयारीमा प्रचण्ड रहेका छन् ।











