राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

१७ चैत्र, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । भारतीय राष्ट्रपति कोविन्दको आज मुटुको सफल शल्यक्रिया गरिएको छ ।

शल्यक्रिया सम्पन्न भएकामा खुुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

[sidebar name="button post"]