आज चैत्र १७ गते मंगलबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल चैत्र १७ गते मंगलबार। तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

घरपरिवारको साथ मिल्नेछ । मान प्रसिद्धि बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हासविलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको बस्तु र विलास साधन उपलब्ध होला । विजय मिल्नेछ । आरोग्यता बढ्ला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

अन्नधन बृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ मिल्नेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्य क्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हीतकर होला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दुरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

कुनै प्रकारको खर्चमा नलाग्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा सचेत रहनुपर्नेछ । नियम कानुनलाई ध्यानमा राख्नु पर्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुहोला । लापर्वाही नगर्दा हीतकर रहनेछ । अरुको भरमा नबस्नु बेस होला । मन अनुकूल कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भोजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु फलदायी रहनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।

राशिफलले जे जस्तो भनेपनि आजको तपाईंको दिन शुभ रहोस्।

[sidebar name="button post"]