आज देशमा कति थपिए कोरोना संक्रमित ?

१६ चैत्र, काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५६ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ६४ हजार २६८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

[sidebar name="button post"]