Ad #144479

चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार बिहान चीन उडेको छ । अनुदानको खोप बेइजिङमा तयार अवस्थामा छ ।

१८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।