सामान्यता : धेरैजसो मान्छेहरु चियाको सौखिन हुन्छन् । दैनिक बिहान बेलुका मात्र नभई दिनमा पनि चिया पिउने गरिन्छ । कतिपय व्यक्तिहरु चियामा दूध र चियापती हालेर पिउने गरिन्छ । तर, यस्तो चियाको पिउँदा एसिडिटी, ग्यास जस्ता समस्याहरु आउँछन् । दैनिक चिया पिउनेहरुका लागि सुन्तलाको बोक्राको चिया पिउने गर्नुपर्छ । यो चिया स्वादमा मिठो हुने मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
यसका लागि आवश्यक सामाग्री :
सुन्तलाको बोक्रा –१/२ टुक्रा
पानी – १/२ कप
गुड – स्वादअनुसार
ल्वागं – २ देखि ३ वटा
अलैँची – १ देखि २
दालचिनि – १ देखि २ इन्च टुक्रा
चिया बनाउने विधि :
सबैभन्दा पहिले सुन्तलाको बोक्रा धुने
गुडबाहेक सबै सामाग्री चिया पकाउने भाँडोमा हाल्ने
२ देखि ३ मिनेटसम्म उमाल्ने
पानीको रगं परिवर्तन नहुँदासम्म पानी तताउने र बाहिर निकाल्ने
त्यसलाई कपमा हालेर गुड हालेर पिउन
यसका फाइदाहरुः
सुन्तलाको बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइल, एन्टिक्यान्सर जस्ता गुणहरु पाइन्छन् । यसको सेवनले क्यान्सरको समस्याबाट पनि बचाउँछ । यसका साथै यसले मधुमेह पनि नियन्त्रण गर्छ । यसले मधुमेह बिरामीको शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ ।








