प्रदेश नं १ : नवनियुक्त मन्त्रीहरूले लिए शपथ

१३ चैत्र, काठमाण्डौ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले माओवादी छाडेर एमालेतिर लागेका र खनाल-नेपाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझा छन्।

आङ्बुहाङलाई अर्थ मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन्। कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

मन्त्रीहरूलाई प्रदेश प्रमुख अशोक प्यासी अधिकारीले पद तथा गोपनियताको शपथ खुवाए भने मुख्य मन्त्री राईले राज्य मन्त्रीलाई शपथ खुलाएका छन्।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ । अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै उनी मजबुत भएका छन् ।

[sidebar name="button post"]