खुकुरी प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

१३ चैत्र, इनरुवा। श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[sidebar name="button post"]