१२ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २८९१ जनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ ।
यस्तै थप ८५ जना निको भएर घर फर्केका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार २ सय ७२ पुगेको छ । अहिले नेपालमा १२१७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २० पुगेको छ।
[sidebar name="button post"]











