दुर्गाप्रसादले पाए नेपाली नागरिकता

१२ चैत्र, काठमाण्डौ। इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।४० वर्ष भारतीय जेलमा बन्दी जीवन विताएर फर्किएका उनले जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर नागरिकता लिएका हुन् ।

भतिजा गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरे ।

नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए ।

[sidebar name="button post"]