प्रधानमन्त्री ओलीको फोटो अब सार्वजनिक स्थलमा मोबाइलबाट खिच्न नपाईने

१२ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीको फोटो अब सार्वजनिक स्थलमा मोबाइलबाट खिच्न नपाईने भएको छ ।

प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

[sidebar name="button post"]