जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुरधाम आएकी थिइन् ।
श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । मृतकका पति विश्वास श्रीपालीले होटलको पाँचौं तलाबाट खसेर सिर्जनाको मृत्यु भएको बताएका छन् ।
सिर्जनाको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको छ ।
[sidebar name="button post"]









