घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा

१० चैत्र, काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको सव डिभिजन कार्यालय, कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार ट्र्याक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सो मुद्दा मिलाइदिन्छु भनी घुस लिएको पाइएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलीले रेञ्जर चौधरी र सीताराम सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष रानालाई घुस रकमसहित केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले बिगोअनुसार कारवाहीको माग गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

[sidebar name="button post"]