नियन्त्रणबाट भाग्यो पाटेबाघ

१० चैत्र, बर्दिया। बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको पाटेबाघ भागेकाे छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर पुनः आफ्नो प्राकृतिक घर जंगल पसेको हाे ।

उक्त बाघलाई खाता जैविकमार्ग बर्दियाले चैत ५ गते डिभिजन वन कार्यालयमा बुझाएको थियो । बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको बाघ भागेपछि निकुञ्जले जगंलभित्र नजान स्थानीयलाई आग्रह गरेको छ।

निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ कसरी भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याइएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानीयलाई आक्रमण गरेको थियो ।

[sidebar name="button post"]