९ चैत्र, हुम्ला। सामाजिक विकास कार्यालय हुम्लाले दिएको छाउपडीसम्बन्धि तालिममा छुई भएका महिलालाई घरमै राख्नेमा जोड दिइएको छ ।
वडा प्रतिनिधि, समाजसेवी, धामीझाँक्री र स्थानीय महिला सहभागी आजको एकदिने तालीममा प्रमुख जिल्ला अधिकारी गणेशराज आचार्यले महिला र पुरुषबीच कसैले भेदभाव गर्न नहुने बताउनुभयो ।
सामाजिक विकास कार्यालयका प्रमुख रङ्गसामल खत्रीले प्रशिक्षण दिँदै छुई भएका महिलालाई घरमै राख्न सबैलाई आग्रह गर्नुभयो ।
[sidebar name="button post"]









