घुस लिएको अभियोगमा सिनियर डिभिजनल इञ्जिनीयरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

९ चैत्र, काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभिन्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । सिनियर डिभिजनल इञ्जिनीयर अधिकारी र सब–इञ्जिनीयर जीतबहादुर तामाङविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

[sidebar name="button post"]