दोस्रो सन्तान जन्मिएको एक महिनापछि देखिएकी करिना कपुर

काठमाण्डौ। बलिउड नायिका करिना कपुर दोस्रो पटक आमा बनेपछि आफ्नो काममा फिर्ता भइसकेकी छिन् । दोस्रो सन्तानको जन्मपछि पहिलो पटक देखिएकी करिना कपुर एकदम फिट देखिएकी छिन् ।

करिना कपुरको हालै सार्वजनिक भएको तस्बिरमा करिनाको गर्भावस्थामा बढेको तौल घटेको देखिन्छ । करिना कपुरले २१ फेब्रुअरीमा आफ्ना कान्छो छोरालाई जन्म दिएकी थिईन् । एक महिना पछि करिना आफ्नो काममा फिर्ता भएकी छिन् ।

करिना पहिलो पटक आमा बनेको ३ महिना पछि नै काममा फिर्ता भएकी थिइन् । करिनाले त्यतिबेला करिब ६ महिनामा १६ किलो तौल घटाएकी थिइन् ।

[sidebar name="button post"]