फेदी- जहरसिंह पौवाको बाटो मर्मतका लागि थप ५ करोड विनियोजित

रमिता दंगाल

९ चैत्र, काठमाण्डौ। काठमाण्डौको संखरापुर नगरपालिका अवस्थित फेदी- जहरसिंह पौवाको बाटो मर्मत हुने भएको छ। सो बाटो मर्मत संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको पहलमा हुन लागेको हो। बाटो मर्मतको लागि मेयर श्रेष्ठको पहलमा ५ करोड अर्थ मन्त्रालयले दिने भएको हो।

साँखु-जहरसिंह पौवा-नाङ्लेभारे-फट्केश्‍वर सडक समेत मेयर श्रेष्ठको पहलमा बजेट विनियोजन भै निर्माण कार्य धमाधम भैरहेको छ।

[sidebar name="button post"]