अर्घाखाँचीको सन्धि खर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते

८ चैत्र, बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । जिप सडकबाट २५ मिटर तल खसेको प्रहरीको भनाई छ ।

घाइते केहीको सन्धि खर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।

[sidebar name="button post"]