Ad #144479

मानिस बुढो हुँदै जानु एक प्राकृतिक प्रक्रिया हो । बालक, युवा, अधवैशे हुँदै मानिस बुढो हुन्छ । तर कतिपय मानिस भने उमेर नपुग्दै बुढो देखिन्छन् । आखिर किन उमेर अगावै मानिस बुढो देखिन्छ त ? आजकलको खराब जीवनशैली, खानपान, खराब सोच चिन्तनले मानिसलाई उमेर अगावै बुढ्यौलीमा पुर्‍याउँछ । यस्ता छन् मानिस समय अगावै बुढो हुनका कारणहरु ।

१. तनाव :
तनावले समेत मानिसलाई चाँडै बुढो बनाउँछ । तनावले रक्तचाप र कोलेस्ट्रोल बढाउँछ । यस्तोमा व्यक्तिमा हर्टएट्याकको खतरा बढेर जान्छ ।

२. मदिरा :
मदिरा सेवनपछि मानिसमा रक्तचाप बढेर जान्छ र मुटुलाई प्रभावित पार्दछ । मदिराले शरिरमा भएको भिटामिन बी र सीलाई नष्ट पार्दछ । साथै मदिराले मुटुको मांशपेसीलाई कमजोर पार्दै लैजान्छ । यसका साथै मदिराकै कारणले हर्टएट्याक, स्ट्रोक र उच्च रक्तचाप पनि हुन सक्छ ।

३. बिना परीश्रम बस्नु :
आजकल धेरै मानिसहरु बिना परीश्रम लामो समय बसेर बिताउँछन् । कार्यालयमा काम गर्नेहरु अधिकाशंको काम बसेर नै हुन्छ । तर लामो समय बसिरहँदा शरिरमा क्यालोरी बढ्दछ । जो मुटुकालागि राम्रो मानिदैन । मुटु स्वस्थ्य नभए मानिसको आयु घट्दछ ।

४. धुम्रपान :
धुम्रपानले रगतलाई टुक्र्याउँछ । यसले कोरोनरी आर्टरी, मस्तिष्कसम्म पुग्ने धमनिलाई पनि प्रभावित पार्दछ । जसका कारण धुम्रपान गर्ने व्यक्तिमा स्ट्रोकको संभावना बढेर जान्छ । यसका साथै धम्रपानले रगतको प्लेटलेट्स नष्ट गर्ने, खराव कोलेस्ट्रोलको मात्रा बढाउनेदेखि धमनिलाई सुकाउने काम समेत गर्छ ।

५. खानपान :
आधुनिक युगको प्रवेशसँगै मानिसले गलत खानपान खाने गरेका छन् । पहिले अर्गानिक र सादा खानाको प्रयोग हुन्थ्यो । तर आजकल तारेको, भुटेको र बाहिरको खानाले हाम्रो स्वास्थ्यका साथै मुटुमा असर गर्दछ । र मानिस समय अगावै बुढो हुन पुग्दछ ।

६ व्यायाम :
शरीरका लागी बल पर्ने परीश्रम नगर्नेहरुले व्यायामका माध्यमले शरिरलाई फिट बनाउनु पर्दछ । अन्यथा शारीरीक श्रम वा ब्यायामका अभावमा मुटुमा असर पार्ने काम गर्दछ ।