आजको मौसम : पहाडी क्षेत्रमा बदली, केहि स्थानमा वर्षाको सम्भावना

८ चैत्र, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रको मौसम आइतबार आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा छ । त्यस्तै आइतबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

[sidebar name="button post"]