Ad #144479

६ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले वरिष्ठ अधिवक्ता रमेश बडाललाई रिक्त महान्यायधिवक्ताका लागि आज सिफारिश गरेका छन् । अग्निप्रसाद खरेललाई आजै राजीनामा गराई ओलीले बडाललाई सो पदमा ल्याउने निर्णय गरेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीको निर्णय राष्ट्रपति कार्यालय पुुगिसकेकाले आजै उनको नियुक्ति हुने सम्भावना रहेको छ ।प्रधानमन्त्री ओलीले गत पुुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वाेच्च अदालतमा परेको रिटमा बडालले पक्षमा बहस पैरवी गरेका थिए ।

त्यसैको फल अहिले बडालले पाएका छन्–बालुवाटार निकट स्रोत भन्छ