साईकल यात्री अभिषेक र आकाशको ‘बलात्कार विरुद्ध’ को मेची-महाकाली साईकल यात्रा सम्पन्न

चैत्र ६,  देशमा बढ्दो बलात्कार विरुद्धको सन्देश बोकेका साईकल यात्री झापाली कान्छा अभिषेक र आकाश क्षेत्रीको मेची महकाली साईकल यात्रा सुदूरपश्चिमको महाकाली पुलमा पुगेर एक कार्यक्रमका बिच बिहीवार सम्पन्न भएको छ ।

देशमा बढ्दो बलात्कारविरुद्ध सन्देश सहित बलात्कार विरुद्ध खबरदारी गर्ने उदेश्यले झापाका अभिषेक धमाला र आकाश क्षेत्रीले झापादेखि महाकालीसम्मको यात्रा सुरु गरेका हुन् ।

“बलात्कार मुक्त समाजको परिकल्पना: शान्ती सुशासन र समृद्ध नेपाल हाम्रो चाहना” भन्ने मुल नारा बोकेर यात्रा सुरु गरेका दुवै जना पन्ध्रौं दिनमा महेन्द्रनगर पुगेका हुन ।

दिनानुदिन नेपालमा बलात्कारका घटना बढ्दो अवस्थामा रहेका कारण यसको रोकथाम लागि सबै पक्षबाट प्रयास गर्नु पर्ने अपिल समेत गर्दै साईकल यात्री अभिषेक र आकाशले आफ्नो यात्रा सम्पन्न गरेका छन् ।

दुई जना साइकल यात्रीमध्ये धमाला थियटर कलाकार र लेखक पनि हुन् । उनी क्षितिज नाट्य समूहमा आबद्ध छन् । यस्तै क्षेत्री भने गायक तथा संगीतकार हुन् ।

[sidebar name="button post"]