५ चैत, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले आजका लागि बोलाएको संसदीय दलको बैठक झलनाथ–माधव पक्षले वहिष्कार गरेपनि यसअघि स्वतन्त्र देखिएका तीनजना भने बालुवाटार पुगेका छन् ।
यसरी जानेका पूर्व मन्त्री लालबाबु पण्डित, वामदेव गौतम पत्नी तुलसा थापा र गंगा चौधरी सत्गौवा रहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी संसदीय दलको बैठकमा चुनाव चिह्न सूर्यबाट निर्वाचित सबैलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको थियो ।
आज बालुवाटार पुगेका तीनै जना सांसद् पार्टी विभाजन यता कतै खुलेका थिएनन् । दलको बैठकमा वामदेव भने गएका छैनन् ।












