सबै किसिमका फलफूलहरु खानु स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ । विभिन्न फलफूलहरुको सेवनले स्वस्थ्यलाई विभिन्न लाभ पु¥याईरहेको हुन्छ । तर सबै किसिमका फलफूलहरु हरेक व्यतिहरुको लागि उचित नहुन पनि सक्छ । कुनै यस्ता रोगीहरुले फलफूल नखाएकै राम्रो हुन्छ ।
अनारले शरीरमा रगतको मात्रा बढाउन मद्धत गर्दछ । फाइबर, भिटामिन ए, सि, के, आदीले भरपुर हुन्छ । यो स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यका लागि पनि उत्तिकै फाइदाजनक छ । नियमित रुपमा अनारको सेवनले मानिसमा यौन क्षमतामा वृद्धि हुने, स्मरण शक्ति बढाउने, हड्डी मजबुत बनाउने तथा शरीरको दुखाई कम गर्ने बताइन्छ । तर यस्ता व्यतिहरुले चाँही अनार खानु राम्रो हुदैन् । जस्तै :
दम रोगी
दम भएको व्यक्तिले अनार खादा दम झन् बढ्ने हुँदा अनार खानु राम्रो हुँदैन।
मधुमेह
अनार खानाले सुगरको मात्रा बढ्ने हुँदा मधुमेह रोगीले अनार खानु हुँदैन।
प्रेसर लो
अनारमा पाइने एंटीअक्साइडका कारण प्रेसर लो हुने हुदाँ प्रेसर लो हुने व्यक्तिले अनार खानु हुँदैन।
कलेजोमा समस्या
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन।
कब्जियत
अनारमा फाईबरको मात्रा अधिक हुने हुँदा कब्जियत र पेमा ग्यास बढाउँछ । त्यसैले अनार खानु हुँदैन।
औषधि सेवन गर्ने व्यक्ति
यदि तपाइँ बल्ड प्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिनु हुन्छ भने अनार खानु हुँदैन। अनार खादा औषधिले काम गर्दैन ।
तौल घटाउन चाहने व्यक्ति
तौल घटाउन चाहने व्यक्तिले अनार नखानु राम्रो मानिन्छ । किनभने तौल घटाउनुको साटो उल्टो बढ्न थाल्छ ।










