कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

४ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक अस्पतालका अनुसार हाल भेन्टिलेटरमा नेता जोसीको उपचार भइरहेको छ ।

नर्भिक अस्पतालद्धारा बुधबार जारी गरिएको विज्ञप्तिमा भेन्टिलेटरमा नै राखेर उनको उपचार जारी राखिएको उल्लेख छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नर्भिक अस्पतालका अनुसार कांग्रेस नेता जोशीको स्वास्थ्य गम्भीर हो तर बाहिर खबर आए जस्तो नभएकाे बताइएकाे छ। उनकाे ब्रेनमा समस्या छ, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिले सम्म स्थिर रहेको अस्पतालले जनाएकाे छ ।

[sidebar name="button post"]