हालका दिनहरूमा विवाहित महिलाहरूप्रति युवाहरू किन बढी आकर्षित भैरहेछन् भन्ने बारेमा थुप्रै शोध गरिएका छन् । ती शोधहरूबाट आधुनिक जीवन शैली अपनाउने युवाहरूले अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरू बढी मन पराउने गरेको र उनीहरूसँग डेटिङ जाने इच्छा राख्दछन् भन्ने कुरा पत्ता लागेको थियो ।
ती शोधहरूबाट पत्ता लागेका पाँच प्रमुख कारणहरू यस प्रकार छन्
१. मीठो स्वभाव :
विवाहित महिलाहरू घर र बाहिर कुशलता पूर्वक व्यवस्थापन गर्न सक्षम हुने गर्छन् । उनीहरू हरेक तनावलाई कुशलता पूर्वक व्यवस्थापन गरेर मुस्कुराई राख्ने गर्छन । उनीहरूको यही स्वभाव पुरुषहरूलाई मन पर्ने गर्दछ ।
२. आत्मविश्वास :
विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा बढी आत्मविश्वासी हुने गर्दछन् । उनीहरूको यही आत्मविश्वासले उनीहरूलाई केटाहरूको आकर्षणको केन्द्र बनाउने गरेको छ । पुरुषहरू आत्मविश्वासी महिलाहरूले हरेक समस्यालाई कुशलता पूर्वक समाधान गर्न सक्छन् भन्ने ठान्ने गर्छन् । उनीहरूलाई लाग्ने गर्छ यसो गर्नमा विवाहित महिलाहरू सधैं अगाडि रहेका हुन्छन् र उनीहरूसँगको मित्रता कम समस्याकारक हुन सक्छ ।
३. घर र बाहिर सन्तुलन बनाउन सफल :
विवाहित महिलाहरू घर र घर बाहिर सन्तुलन बनाउन निपुण हुने गर्दछन् । उनीहरू एकै साथ धेरै कामहरू गर्न सक्षम हुन्छन् । उनीहरूको तुलनामा पुरुषहरू केही लापरवाह किसिमका र एक समयमा एउटा मात्र काम गर्न सक्छन् । उनीहरूको यही कार्य कुशलता पुरुषहरूलाई उनीहरूप्रति आकर्षित गर्दछ ।
४. राम्रो साथी बन्न सक्ने क्षमता :
विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा राम्रा साथी हुन्छन् भन्ने कुरा पुरुषहरूलाई लाग्छ । उनीहरू सधै चासो राखिराख्ने र हरेक समस्यामा सान्त्वना दिने खालका हुन्छन् भन्ने पुरुषहरू ठान्दछन् । उनीहरू कुशलता पूर्वक आफ्नो परिवारको जिम्मेवारी वहन गर्ने भएकाले पुरुषहरू उनीहरूको यही स्वभाव बढी मन पराउने गर्दछन् ।
५. हार्मोनहरूमा परिवर्तन :
विवाह पछि महिलाहरूको शरीरमा उत्सर्जित हुने हर्मोंसहरूमा परिवर्तन आउने गर्दछ । जस कारण उनीहरूको छाला प्राकृतिक रूपमा बढी चम्किलो हुने गर्दछ । पुरुषहरूलाई उनीहरूको रूपमा आएको यस्तो परिवर्तनले समेत आकर्षित गर्ने गर्दछ ।










