Ad #144479

२ चैत्र, काठमाण्डौ। बलिउड अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशी अप्रिल ३० मा रिलिज हुने भएको छ । सामाजिक सन्जाल मार्फत उक्त फिल्मका निर्देशक रोहित शेट्टीले रिलिज हुने मिति बताएका हुन् ।

कोरोना महामारीले गर्दा गत वर्ष नै रिलिज हुने भनेतापनि फिल्मको रिलिज मिति सारिएको थियो । फिल्ममा कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको महत्वपूर्ण भूमिका रहेको छ । अहिले महाराष्ट्र सरकारले आधा दर्शकसहित फिल्म हल खोल्न अनुमति दिएकोप्रति रोहित शेट्टीले समर्थन जनाएका छन् ।