२ चैत्र, काठमाण्डौ। नेकपा एमालेका दुई समूह अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता सकिएको छ। धुम्बारहीमा भएको वार्ता करिब १ घण्टा चलेर सकिएको छ।
प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच करिव ४ महिनापछि भेटवार्ता भएको हो। पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरुको वार्तालाप भएको थिएन्।
ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागि भएका थिए भने नेपालको तर्फबाट माधवकुरमा नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसालले सहभागिता जनाएका थिए।
[sidebar name="button post"]









